चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले पाँच दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको हो ।

सरोकारवाला निकायहरुसँग छलफलपछि पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिए ।

बन्दको निर्णयसँगै आज सूचना जारी भएपछि सप्तकोशी नगरपालिकास्थित सात आधारभूत विद्यालय र चार माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको नगर शिक्षा समितिले जनाएको छ ।

समितिले मङ्गलबारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा पछि छलफल गर्ने शिक्षा शाखा प्रमुख रामदेव चौधरीले बताउनुभयो । चिसो बढेपछि जिल्लाको विभिन्न स्थानमा काठ दाउरा बालिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ८ : १५ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा