नक्कली भ्याट बिल अभियोगमा ‘वरुण वेभरेज’ विरुद्ध मुद्दा « Khabarhub

नक्कली भ्याट बिल अभियोगमा ‘वरुण वेभरेज’ विरुद्ध मुद्दा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालमा वरुण वेभरेजले पेप्सीलगायतका उत्पादनको बोटलिङ गर्दै आएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वरुण वेभरेजका अमित गुप्तासमेत सात जना विरुद्ध रु ६४ करोड ९६ लाख दुई हजार ३४० बिगो र बिगोको दोब्बर रु एक अर्ब २९ करोड ९२ लाख चार हजार ६८० समेत गरी रु एक अर्ब ९४ करोड ८८ लाख सात हजार २० सम्म जरिवाना र तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

वरुण वेभरेजल प्रालिको स्थायी लेखा नम्बर ३०००४५४९५ ले राजश्व चुहावट गर्ने मनसाय राखी नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरेको पाइएको छ ।

विभागले वरुण वेभरेजका र यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक गुप्ताबाट बिगो असुल गरी तीन वर्षको कैद सजायको समेत माग दाबी गरेको छ ।

उनीहरुले नक्कली कर बिजकको कारोवार गर्ने व्यक्तिसँग मिलेमतो गरी वास्तविकरूपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्मबाट कर बिजक खरिद गरी राजश्व चुहावट गरेको पाइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : १५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु