गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण खारेज गर्न माग | Khabarhub Khabarhub

गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण खारेज गर्न माग


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले गोकर्ण रिसोर्टसगँको गरेको सम्झौता नवीकरण खारेज गर्न माग गरेको छ ।

विहीबार वज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सीले गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिव तीन हजार रोपनी जग्गाको पुरानो सम्झौता अवधि झण्डै ६ वर्ष बाँकी रहेको अवस्थामा अपारदर्शी ढङ्गबाट पुरानै यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिएको भन्दै विरोध जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने सरकारको दाबीलाई यो निर्णयले निरर्थक बनाएको अध्यक्ष खेमराज रेग्मीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ प्रतिस्पर्धा विना नेपाल ट्रष्ट स्थापना गर्दाको मूल मर्म विपरीत ब्यापारिक प्रतिष्ठानसँग गुपचुपमा सम्झौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गरिएको ट्रान्सपरेन्सी नेपालले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ९ : ४५ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो