प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको पत्र, सहयोगको बदला सर्त « Khabarhub

प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको पत्र, सहयोगको बदला सर्त


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाले कबुल गरेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ सम्झौताअन्तर्गतको करिब ५६ अर्ब रुपैयाँ सहयोगका लागि नेपालसँग सर्त राखेको छ । अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोगले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेर उत्तार कोरियाविरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषदले लगाएको नाकाबन्दीको समर्थन गर्नुपर्ने र तिब्बती शरणार्थीलाई पक्राउ गरी चीन फर्काउन नहुने सर्त राखेको कान्तिपुर दैनिकमा खबर छ । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने पत्र पाए पनि अध्ययन गरी नसकेको बताएका छन् । उनले पत्रमा उठाइएका विषय नेपाल लिँदै आएको विदेश नीति अनुकुल नै रहेको पनि बताएका छन् ।

त्यस्तै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी शीर्षकको समाचारमा मानव तस्करहरुले अमेरिका लैजाने भन्दै युवा ठग्ने क्रम बढ्दो छ । पछिल्लो पटक रोल्पा र दाङका ५ युवा यही फन्दामा परेर झण्डै साढे दुई करोड रुपैयाँ डुबाएका छन् । यसअघि जस्तै यो ठगीमा पनि कलाकारको आवरणमा अवैध धन्दा गरिरहेका सुदर्शन गौतम जोडिएका छन् । उनैले हैटी पुर्‍याएर अलपत्र पारेका युवाले डुबेको रकम उठाउने उपायका रुपमा थप युवालाई ठगेको खुलेको छ ।

ढोका थुनेर मोलमोलाइ, धम्क्याएर असुली शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरु कलेज हाता वा वरपर बोलाएर अरिरिक्त शुल्न नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्दछन् ।

त्यस्तै फुटबलकी ‘हिरा’ बनेकी उदयमान नेपाली महिला फुटबलर हिराकुमारी भुजेलको संघर्षको कथालाई मुख्य पृष्ठमा छापिएको छ ।

आज पत्रिकामा सम्बन्धको व्यापार शीर्षकमा सम्पादकीय छापिएको छ । सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी असुलेर विद्यार्थीमाथि व्यापार गर्ने मेडिकल कलेजहरुलाई त्रिभुवन विद्यालय आफैंले कुनै कारबाही नगर्ने प्रवृत्तिले चिकित्सा शिक्षालाई विकृत बनाएको छ । यसको सुधारका लागि अविलम्ब चिकित्सा शिक्षा आयोग दह्रो उभिन सक्नुपर्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ६ : ०० बजे

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

जानकी – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी

सङ्खुवासभाको मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथांका– सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको

अमेरिकी टेकबाट टाढिँदै ईयू

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (ईयू) ले