यस्तो पनि विद्यालय, जहाँ विद्यार्थीलाई काममा लगाएर पारिश्रमिक दिइन्छ « Khabarhub

यस्तो पनि विद्यालय, जहाँ विद्यार्थीलाई काममा लगाएर पारिश्रमिक दिइन्छ


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुलरीया– नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दिया जिल्लाकै सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये श्रवणशक्ति कमजोर भएका विद्यार्थी पनि पर्छन् । अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबअ‍ोभरसियर तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययनअध्यापन हुने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए ।

आगामी वर्षमा ९ कक्षादेखि माथि पढ्दै, सिक्दै, कमाउँदै र युवा उद्यमी बनाउँदै भन्ने सिद्धान्तबाट कक्षा शिक्षकले पढाउने विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए ।
एक विद्यार्थीलाई हप्तामा १५ घण्टा काम गर्न प्रोत्साहन गरिने र एक घण्टाको  ७५ रुपैयाँ पारिश्रमिक तोकिने छ । २० बिघामा तरकारी खेती गर्ने विद्यालयको योजना रहेको प्रअ पोखरेलले बताए ।

विद्यालयमा ६२ शिक्षक कर्मचारी छन् । “विद्यार्थीलाई खेल र मनोरञ्जनपूर्ण वातावरणमा साँस्कृतिक कार्यक्रमसहित पढाइरहेका छौँ”, प्रअ पोखरेलले भने ।

टाढाका विद्यार्थीलाई विद्यालयले छात्रावाससमेत व्यवस्था गरेको छ । आव २०७५। २०७६मा  ५ करोड रुपैयाँ बजेट रहेको विद्यालयमा २ करोड नेपाल सरकारबाट र ३ करोड विद्यालयको आन्तरिक शुल्कबाट व्यहोरिने छ ।

सो विद्यालयमा आगामी वर्ष विज्ञान विषयको अध्ययनअध्यापन हुने छ । मधुवनका नेकपाका नेता सुरेश पन्थले सबैको मन जितेर विद्यालय यस क्षेत्रकै नमूना बनेको दावी गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ३ : ५५ बजे

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल