धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट’ हुँदै | Khabarhub Khabarhub

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट’ हुँदै


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

चर्चित हास्यकलाद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ यही चैत्र २३ गते सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

फाउन्डेशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सो खेल प्रतियोगिता आयोजना गर्न लागिएको पनि जानकारी गराएको छ ।

मुलुकको गौरव हुने गरी बनाउन लागिएको सो रंगशालामा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका काठमाडौंमा क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको फाउनडेशनकी संस्थापक कुुञ्जना घिमिरे ‘सुन्तली’ले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न सबैलाई अपिल गरे ।

उनले सो क्रिकेट मैदान निर्माण गर्न लागेकोमा सम्पूर्ण क्रिकेट खेलाडीहरुले गौरवको महशुस गरेको उल्लेख गर्दै त्यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतियोगितामा कलाकार र राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । क्रिकेट खेलाडीहरुको टिमको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने कलाकारहरुको टिमको नेतृत्व वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् ।

फाउन्डेशनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो खेल हेर्न ३ सय र १ हजार दरको टिकटको पनि व्यवस्था गरेको छ ।

करिव ३ अरव लागत अनुमान गरिएको सो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी रहेको पनि फाउन्डेशनले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले पनि निर्माणाधिन सो रंगशाला निर्माणमा सहयोग गर्न सबैलाई अपिल गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ४ : ३३ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले