होलीमा ७७ स्थानमा चेकजाँच, ५०० बढी ट्राफिक खटाइने « Khabarhub

होलीमा ७७ स्थानमा चेकजाँच, ५०० बढी ट्राफिक खटाइने


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको मिलाइएको जानकारी दिए ।

होलीलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाइने उनले जानकारी दिए । बिहान सातदेखि बेलुका सात बजेसम्म गर्ने सो कामका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महाशाखाले जनाएको छ ।

सवारी साधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्नुका साथै होलीमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरिएको महाशाखाका प्रमुख पन्तले बताए।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ९ : २९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार