रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते | Khabarhub Khabarhub

रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् ।

घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२ देउपुर घरभई हाल भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ, भनपा–६ इताछे बस्ने १८ वर्षीय मनीष कासुला, भनपा–२ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् ।

त्यस्तै रथबाट खसेर भक्तपुर नगरपालिका–५ चोछेका ३० वर्षीय पुण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पुर्‍याएपछि सामान्य ढुङ्गा हानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनले केही ढुङ्गा हानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको जानकारी दिए । हिजो साँझ ५ बजेबाट गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले रथ तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्‍याएर एउटा घरमा रथ ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो ।

स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तान्न शुरु भएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पुर्‍याइएको थियो । बिहान ४ बजे वंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो ।

रथ तान्ने क्रममा घाइते भएकाको भक्तपुर अस्पतालमा उपचार भएको प्रनाउ पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ८ : १५ बजे

सातबुँदे कार्यान्वयन गर्न कांग्रेस-एमालेलाई दवाव दिनुपर्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङले सातबुँदे कार्यान्वयन गर्न कांग्रेस-एमालेलाई

‘अंगुरको झुप्पो’ : आशिफ र गरिमाको अभिनय, छैनन् लिड हिरो सौगात

काठमाडौं – जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको

प्रधानमन्त्रीको टिप्पणी- सरकार ढल्छ भन्नेहरू अहिले गल्न थालेका छन् 

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्न जरुरी : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको