डेढ लाखको शेयर किनेर ‘लगानीकर्ता’ बने सभामुख महरा | Khabarhub Khabarhub

डेढ लाखको शेयर किनेर ‘लगानीकर्ता’ बने सभामुख महरा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने भनेर शुरु गरेकाे ‘जनताको जलविद्युत् कार्यक्रम’मा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ ।

उच्च पदस्त व्यक्तिले पनि कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गरेका छन् । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख कृष्णबहादुर महरासमेत जोडिएका छन् ।

सभामुख महराले बिहीबार ग्लोबल आइएमइ क्यापिटलमा हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलेका छन् । जनताको जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर बिक्री शुरु भएको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको शेयरसमेत सभामुख महराले खरीद गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख महराले जनताको जलविद्युत् कार्यक्रममा सहभागी भई साधारण शेयर खरीद गरेका हुन् ।

पहिलो पटक साधारण शेयर खरीद समारोहमा सहभागी हुनु भएका महराले सरकारले नयाँ कार्यक्रम शुरु गरेकोमा खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गरे ।

सभामुख महराले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भने, “यो असाध्यै राम्रो कार्यक्रम शुरु गर्नुभयो । सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नु पर्दछ ।”

सभामुख महराले रसुवागढी जलविद्युत् कम्पनीको १ लाख बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता साधारण शेयर खरीद गरी शेयर बजारमा प्रवेश गरेका हुन् ।

यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनको ५० हजार बराबरको ५ सय कित्ता बराबरको शेयरमा आवेदन दिएकी छन् ।

मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजार बराबरको ५ सय कित्ता साधारण शेयरमा आवेदन दिएका छन् । पूर्वसभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा रु एक लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा  ५० हजारको ५ सय कित्ता साधराण शेयर आवेदन दिएका छन् ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पनि शेयरमा आवेदन दिएका थिए । माथिल्लो त्रिशुली थ्री बीको शेयरमा आवेदन गरेका प्रधानमन्त्रीले २० कित्ता शेयर प्राप्त गरेका थिए ।

सोही कार्यक्रमअन्तर्गत शुक्रबार दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले १ अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : ३३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः