‘पोइ पर्‍यो काले’ मा पूजा र आकाशपछि सौगात भित्रिए | Khabarhub Khabarhub

‘पोइ पर्‍यो काले’ मा पूजा र आकाशपछि सौगात भित्रिए


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिशिर राणाले निर्देशन गर्ने फिल्म ‘पोइ पर्‍यो काले’ मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र आकाश श्रेष्ठ अनुबन्ध भएका थिए । यो फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको हल्ला पनि फैलिएको थियो ।

निर्माण टिमका अनुसार यो फिल्ममा बिहीवार सौगात मल्ललाई अनुबन्धित गरिएको हो । फिल्मको कथा सौगात मल्लको वरिपरि घुम्ने बताइएको छ । फिल्ममा अर्की नायिका पनि हुने तर को हुने भन्नेमा अझै स्योर नभएको स्रोतले बतायो ।

आउँदो जेठबाट फ्लोरमा जाने यो फिल्ममा अर्की नायिकाका रुपमा सौगात मल्लकी प्रेमिका सृष्टि श्रेष्ठ हुने सम्भावना रहेको बताइएको छ । यद्यपि यसबारेमा कुनै जानकारी बाहिर आएको छैन ।

फिल्मले अहिलेलाई कार्तिक ८ गतेलाई रिलिज मिति तोकेको छ । फिल्ममा पूजा र आकाशको जोडी दर्शकले देखे पनि पूजा, आकाश र सौगातलाई भने यो फिल्ममा एकैसाथ पहिलोपटक देख्न पाउनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : ४४ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०