सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्नुपर्छ–प्रचण्ड | Khabarhub Khabarhub

सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्नुपर्छ–प्रचण्ड


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताएका छन् ।

प्रदेश नं ३ सरकारले आज चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताए ।

उनले भने “सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै दाहालले अब यसलाई कार्यान्वयन गर्नका निम्ति सबैले विशेष ध्यान दिनुपर्ने बताए ।

सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए । उनले भने, “कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देश विकासले गति लिनै सक्दैन ।”

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ५७ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले