शनिवार र आइतबार साँझ पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

शनिवार र आइतबार साँझ पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिन मौसममा बदली हुने जनाएको छ । महाशाखाका अनुसार शनिवार रातिदे्खि देशको पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित पानी पर्नेछ ।

महाशाखाले शनिवार र आइतबार पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

शनिवार र आइतबारको मौसमको पूर्वानुमान

बैशाख ०७ गते (शनिवार)

दिउँसोः देशका पहाडि भु(भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु(भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ०८ गते (आईतबार )

दिउँसोः देशको पहाडि भु(भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भु(भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ३० बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।