बैतडी साक्षर जिल्ला घोषणा, व्यवहारिक र सीपयुक्त शिक्षा आवश्यक « Khabarhub

बैतडी साक्षर जिल्ला घोषणा, व्यवहारिक र सीपयुक्त शिक्षा आवश्यक


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि सरकार लागिपरेको बताएका छन् । शुक्रबार बैतडी जिल्लालाई साक्षर जिल्ला घोषणा कार्यक्रममा मन्त्री पोखरेलले व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको औँल्याए ।

“शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने “शिक्षकले राजनीतिभन्दा टाढा रहेर अध्यापन गराउनुपर्छ, शिक्षामा रुपान्तरण हुनुपर्छ ।” सरकारले शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न ऐन पास गरेको बताउँदै मन्त्री पोखरेलले थपे “राजनीति नझल्किनका लागि गरिएको परीक्षाको नतिजा राम्रो आउनुपर्छ ।”

यसैबीच बैतडीलाई आज ४९औँ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ । घोषणा गर्ने तयारी भएको झण्डै १० महीनापछि साक्षर जिल्ला घोषणा गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जिल्लालाई साक्षरता जिल्ला घोषणा गरेका हुन् ।

जिल्लामा १५ देखि ६० वर्षसम्मका नागरिकमध्ये ९६.९२ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।

आर्थिक वर्ष ०७१/०७२ मा गरिएको साक्षरता सर्वेक्षणअनुसार १५ वर्षभन्दा माथिको निरक्षर सङ्ख्या ६४ हजार ३५७ मध्ये ५९ हजार ९९७ जना साक्षर रहेका छन् । बैतडी देशको ४९औँ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

जिल्लालाई साक्षर घोषणा गर्नुअघि १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको थियो । जिल्लाका १० वटै स्थानीय तह गत असारमा साक्षर घोषणा गरिएका थिए । प्रत्येक स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरेर साक्षर घोषणाका मापदण्ड पूरा भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ९ : ४५ बजे

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा

जेन–जी आन्दोलन : भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास नै विद्रोहको मुख्य कारण

काठमाडौं– भदौ २३ र २४ गते नेपालमा भएको ऐतिहासिक ‘जेन–जी’

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष