आउँदो बजेटमा वृद्धभत्ता बढ्ने : मन्त्री बाँस्कोटा « Khabarhub

आउँदो बजेटमा वृद्धभत्ता बढ्ने : मन्त्री बाँस्कोटा


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी बजेटमा वृद्धभत्ता बढाउने भएको छ । चुनावी घोषणा पत्रमा वृद्धभत्ता बढाउने भनेर नेकपाले गरेको प्रतिवद्धता अनुसार आउँदो बजेटमा वृद्धभत्ता बढाउन लागिएको सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका हुन् ।

मन्त्री बाँस्कोटाले प्यूठानको गौमुखीमा शुक्रबार भएको कार्यक्रममा वृद्धभत्ताको साथसाथै सरकारले जेष्ठ नागरिकको लागि १ लाखको बीमा गर्ने र त्यसको प्रिमियम समेत सरकारले तिर्ने जानकारी दिए ।

उनले सरकारले यो बजेटमा छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था समेत गर्न लागेको बताए ।

हाल वृद्धवृद्धाले मासिक २ हजारका दरले वृद्धभत्ता पाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ९ : १९ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,