नर्सहरुको अनसनमा डा केसीको ध्यानाकर्षण, नर्सको मागमा संवेदनशील बन्न सरकारलाई आग्रह | Khabarhub Khabarhub

नर्सहरुको अनसनमा डा केसीको ध्यानाकर्षण, नर्सको मागमा संवेदनशील बन्न सरकारलाई आग्रह


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केसीले शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको मागप्रति सरकार संवेदनशील नभएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् ।

केसीले आज ( आइतबार)  एक विज्ञप्ती जारी गर्दै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्स जिता बराल र डिक्की शेर्पाको माग सम्बोधन नहुनु ‘लाजमर्दो’ कुरा भएको बताएका छन् ।

‘स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भुमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सीप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदनशील नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा हो,’ डा केसीद्वार जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘यसै विज्ञप्तिमार्फत तत्काल अनसनरत अभियन्ताद्वयका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं ।’

डा केसीले हाल कायम चिकित्सा तथा स्वास्थ्य शिक्षाको व्यापारीकरण रोकेर गुणस्तरीय जनशक्ति उत्पादन गर्ने तथा स्वास्थ्य सेवामा उत्पादित जनशक्तिलाई आत्मसम्मानसहितको रोजगारीको व्यवस्था गर्न माग समेत गरेका छन् । डा केसीले यसअघि सरकारले आफूसँग गरेको सम्झौता कार्यन्वयनको समेत माग गरेका छन् ।

आफूहरुको जागिरको ग्यारेन्टी हुनुपर्ने र नर्समाथि हुने अन्यायको अन्त्य हुनुपर्ने लगायतको माग राख्दै अंग पत्यरोपण केन्द्रका नर्सहरु लोमो समयदेखि आन्दोलित छन् ।

आफूहरुको माग सुनुवाइ नभएको भन्दै दुईजना नर्सहरु १० दिनअघिदेखि अनसन बसिरहेका छन् । नर्सहरुको माग सम्बोधनका लागि आज (आइतबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अंग प्रत्यारोपण केन्द्रका प्रतिनिधि, आन्दोलनरत नर्स र स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघका प्रतिनिधिबीच वार्ता भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : ०० बजे

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु