राजपा अध्यक्ष मण्डलका संयोजक फेरिए, महाधिवेशनको समय १ वर्ष थपियो | Khabarhub Khabarhub

राजपा अध्यक्ष मण्डलका संयोजक फेरिए, महाधिवेशनको समय १ वर्ष थपियो


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– मधेस कन्द्रित ५ वटा राजनीतिक पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी अब अनिल झाले पाएका छन् ।

चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको नेतृत्व गर्ने समझदारीअनुसार झाले सोमबारदेखि संयोजकको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

पार्टी एकीकरणपछि महन्थ ठाकुर लामो समयसम्म अध्यक्ष मण्डलको संयोजक रहेका थिए । त्यसपछि नेताहरु राजेन्द्र महतो, महेन्द्र राय यादवले अध्यक्ष मण्डलको संयोजकका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् । अहिले शरतसिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक छन् ।

जेठ २ गतेदेखि शनिबारसम्म चलको राजपा अध्यक्ष मण्डलको वैठकले आगामी महाधिवेशन पछि पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने गरी विद्यान संशोधन गर्ने निर्णय समेत गरेको छ ।

राजपाले यसअघि २ वर्षभित्रमा महाधिवेशन गरिसक्ने व्यवस्था विधानमा गरेको भएपनि अब महाधिवेशन गर्ने समय १ वर्ष बढाइएको छ । राजपाले विधान संशोधन गरी ३ वर्षभित्र महाधिवेशन गर्ने विषय उल्लेख गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  २ : ४५ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत