८ सय महिला गर्भवती भएको गाउँमा छैन एउटा पनि बर्थिङ सेन्टर « Khabarhub

८ सय महिला गर्भवती भएको गाउँमा छैन एउटा पनि बर्थिङ सेन्टर


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– गाउँपालिकाभर करिब ८ सय महिला गर्भवती छन्, तर गाउँपालिकामा एउटा पनि प्रसूतिगृह (बर्थिङ सेन्टर) छैन । यो पीडा महोत्तरीको महोत्तरी गाउँपालिकाको हो ।

गाउँपालिकाभर एउटा पनि प्रसूतिगृह नहुँदा त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो ।

३० हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको यो गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् । तर, गाउँपालिकाभरि एउटा पनि प्रसूतिगृह नरहेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले बताए ।

साविकका ३ ओटा गाविस महोत्तरी, गोनरपुरा र डाम्हीमडै मिलेर बनेको गाउँपालिकामा ३ ओटा स्वास्थ्य चौकी छन् । तर, कुनै पनि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको व्यवस्था छैन ।

गाउँपालिकाभर बर्थिङ सेन्टर नहुँदा गर्भवती महिलालाई सदरमुकामस्थित जिल्ला अस्पताल वा जनकपुर अञ्चल अस्पताल लैजानुपर्ने बाध्यता रहेको वडा नं ५ की महिला स्वास्थ्य स्वयंसेविका बेदनीदेवी महतोले बताइन् ।

महतोका अनुसार गाउँमा प्रसूतीगृह नहुँदा गर्भवति महिलाहरुलाई नियमित स्वास्थ्य जाँचका लागि समेत जिल्ला अस्पताल वा जनकपुर अस्पताल जानुपर्ने वाध्यता छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : १८ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम