८ सय महिला गर्भवती भएको गाउँमा छैन एउटा पनि बर्थिङ सेन्टर « Khabarhub

८ सय महिला गर्भवती भएको गाउँमा छैन एउटा पनि बर्थिङ सेन्टर


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– गाउँपालिकाभर करिब ८ सय महिला गर्भवती छन्, तर गाउँपालिकामा एउटा पनि प्रसूतिगृह (बर्थिङ सेन्टर) छैन । यो पीडा महोत्तरीको महोत्तरी गाउँपालिकाको हो ।

गाउँपालिकाभर एउटा पनि प्रसूतिगृह नहुँदा त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो ।

३० हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको यो गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् । तर, गाउँपालिकाभरि एउटा पनि प्रसूतिगृह नरहेको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले बताए ।

साविकका ३ ओटा गाविस महोत्तरी, गोनरपुरा र डाम्हीमडै मिलेर बनेको गाउँपालिकामा ३ ओटा स्वास्थ्य चौकी छन् । तर, कुनै पनि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको व्यवस्था छैन ।

गाउँपालिकाभर बर्थिङ सेन्टर नहुँदा गर्भवती महिलालाई सदरमुकामस्थित जिल्ला अस्पताल वा जनकपुर अञ्चल अस्पताल लैजानुपर्ने बाध्यता रहेको वडा नं ५ की महिला स्वास्थ्य स्वयंसेविका बेदनीदेवी महतोले बताइन् ।

महतोका अनुसार गाउँमा प्रसूतीगृह नहुँदा गर्भवति महिलाहरुलाई नियमित स्वास्थ्य जाँचका लागि समेत जिल्ला अस्पताल वा जनकपुर अस्पताल जानुपर्ने वाध्यता छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : १८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि