केटीको विषयमा विवाद हुँदा एक युवकको हत्या « Khabarhub

केटीको विषयमा विवाद हुँदा एक युवकको हत्या


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा छुरा प्रहार गरी एक युवाको हत्या भएको छ ।

शनिबार राति मारेककटहरेस्थित माझगाउँमा लागेको मेलामा महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फरा लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ । राति करिव १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरी थम्फराको हत्या गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । हत्या आरोपमा लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डाँडागाउँका स्थानीय गणेश खातीका अनुसार थम्फराको घाँटीमा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि आइतबार बिहान प्रहरी घटनास्थल पुगेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ ।

छुरा प्रहारबाट डाँडागाउँका मनोज लिम्बुखिम पनि घाइते भएका छन् । युवतीका बिषयमा झगडा भएको बताइएको छ । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : ४६ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै