काठमाडौं मलको भाडामा करोडौं अनियमितता « Khabarhub

काठमाडौं मलको भाडामा करोडौं अनियमितता


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चय कोषका उपप्रमुख अधिकृत भरतराज वस्तीले सुन्धारास्थित काठमाडौँ मलको भाडा सम्बन्धमा शुरुदेखिको अवस्थाका बारेमा विस्तृत जानकारी दिँदै हाल सञ्चय कोषले आफै प्रत्येक पसलसँग सम्झौता गरी भाडा लिँदै आएको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले हाल सो मलमा सञ्चय कोषले करिब ३०० पसलसँग आफैँ सम्झौता गरी मासिक रु एक करोड ३७ लाख भाडा लिँदै आएको बताए । सांसदहरुले उक्त मलमा ठेकेदारले टेण्डर गर्ने र बीचैमा छोड्ने गरेको सम्बन्धमा आवश्यक चासो राख्दै टेण्डर नगरेको वि.सं २०७३ माघदेखि विसं २०७५ पुससम्मको अवधिमा ‘द काठमाडौँ मल व्यापार संघ’का नाममा भाडा लिँदा ठूलो रकम अनियमता भएको भन्दै छानविन गर्न माग गरेका थिए ।

सो अवधिमा ठेकेदारले भाडा दिन नसकेपछि टेण्डर तोडिएको थियो । त्यस्तै बैठकमा सांसदहरुले लुम्बिनीको गुरुयोजना कार्यान्वयनको अवस्था, सो क्षेत्रका विहारलाई पर्यटकको बसोबास र होटल प्रयोजनका लागि प्रयोग गर्न दिन नहुनेमा जोड दिँदै दक्षिणा कोष रकम व्यवस्थित गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ६ : १९ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो