छोरालाई डेब्यु गराउँदै अशोक शर्मा, ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा « Khabarhub

छोरालाई डेब्यु गराउँदै अशोक शर्मा, ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको दशैँमा रिलिज गर्ने गरी चलचित्र ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा गरिएको छ । आइतवार राजधानीको कमलपोखरीस्थित कुमारी हलमा आयोजित एक विशेष कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गरियो । यो फिल्मसँगै निर्देशक अशोक शर्माले आफ्ना छोरा अंकित शर्मालाई फिल्ममा डेब्यु गराएका छन् ।

चलचित्रमा अकिंत खड्का मुख्य भूमिकामा हुनेछन् । यस्तै चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

लेखक तथा निर्देशक अशोक शर्माले चलचित्रलाई स्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने बताए । यो फिल्मको कथा अर्को एक फिल्मसँग मिल्ने देखिएपछि पुनः स्किृप्ट परिमार्जन गर्दा फिल्मको छायांकन मितिमा केही ढिलो भएको उनले बताए ।

कार्यक्रममा कलाकारले दशैँमा जस्तै टीका लगाएर शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा चलचित्रका कलाकारको परिचय र अकिंत शर्माको परिचय भिडियोमार्फत गराइएको थियो । फिल्म फ्लोरमा जाने तयारीमा छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ७ : २२ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको