आठ वर्ष लगाएर ८ कलाकारले बनाए १३ ढुंगा जोडेर मञ्जुश्रीको मुर्ति « Khabarhub

आठ वर्ष लगाएर ८ कलाकारले बनाए १३ ढुंगा जोडेर मञ्जुश्रीको मुर्ति


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढुङ्गा कुँद्न सुरु गरेको आठ वर्षपछि चोभारमा ३३ फिट अग्लो मञ्जुश्रीको ढुङ्गे मूर्ति तयार भएको छ ।

विसं २०६८ देखि कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा मञ्जुश्रीको मूर्ति बनाउने काम सुरु गरिएको थियो । प्रस्तरको मूर्ति तयार गरी कीर्तिपुर–६ स्थित चोभार डाँडामा स्थापना गरिएको छ । यो मूर्तिको युरेसिया रेयुकाईका संस्थापक अध्यक्ष युसुन मासुनागाले उद्घाटन गरे ।

बोधिसत्व मञ्जुश्री र काठमाडौँको सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पदाको उद्घाटन गर्न पाउँदा आफू निकै खुसी भएको ८७ वर्षीय मासुनागाले बताए ।

मूर्ति निर्माणको नेतृत्व ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलले गरेका हुन् । उनीसँगै आठ कलाकारले आठ वर्ष निरन्तर कुँदेपछि अहिले यो मूर्ति तयार भएको उनले बताए ।

यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको छ । ३३ फिट अग्लो मूर्तिका लागि उपयुक्त हुने ठूलो ढुङ्गा उपलब्ध नभएका कारण टुक्रा जोडेर बनाइएको कलाकार डङ्गोलको भनाइ छ ।

उनका अनुसार यो मूर्तिको तौल एक सय टन छ । यो मूर्ति नेपालको सबैभन्दा अग्लो प्रस्तर मूर्ति भएको दाबी कलाकार डङ्गोल गर्छन् । आठ वर्षसम्म मूर्ति निर्माण गर्दा विभिन्न बाधाअवरोध आएको उनले सुनाए ।

ढुंगा अभावकै कारण प्रतिमा राख्ने जग सोचेजस्तो राख्न नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : ०७ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी