अफगानिस्तानमाथि इङ्ग्ल्याण्डको शानदार जित « Khabarhub

अफगानिस्तानमाथि इङ्ग्ल्याण्डको शानदार जित


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानलाई पराजित गरेको इङ्ग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा घरेलु टोली इङ्ल्याण्डले अफगास्तिानविरुद्व १ सय ५० रनको शानदार जित निकालेको हो ।

टस जितेर पहिलो याटिङ गरेको इङ्ग्ल्याण्डले दिएको ३ सय ९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि मशमतुल्ला शाहिदीले ७६ रन बनाए भने रहमत साह ४६, असगर अफघान ४४ रन र कप्तान गुलबदीन नायब ३७ रनमा आउट भए ।

अफगानिस्तानलाई दबाबमा राख्दै ईङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले समान ३–३ विकेट लिए भने मार्क उडले २ विकेट लिए ।
यसअघि म्यानचेस्टर ओल्ड ट्राफोर्डमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको ठूलो रन बनाएको थियो । जुन जारी विश्वकपको सबेभन्दा धेरै रन पनि हो ।

इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी समेत बनाए । उनले आक्रामक ब्याटिङ गर्दै ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले ।

जसमा उनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि तीन जनाको नाममा रहेको किर्तिमान पनि मोर्गनले तोडे । यसअघि १६ छक्का प्रहार गर्दै क्रिस गेल, ए बि डि भिलियर्स र रोहित शर्माको नाममा यो किर्तिमानी थियो ।

यस्तै, इङ्ग्ल्याण्डका लागि जोय रुटले ८८ रन बनाउँदा जानी बेरस्टो ९० रन जोडे । मोइन अली ३१ रनमा अविजित रहदा जेम्स भिन्सले २६ रन बनायो ।

अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले समान ३–३ विकेट लिए । विश्व चर्चित स्पिनर राशिद खानले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । उनले ९ ओभर बलिङ गर्दै विना विकेट ११० रन खर्चे ।

ईङ्ल्याण्डले ५ खेलबाट ४ मा जित र एकमा हार सहित ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ । तर, पराजित अफगानिस्तानले अंक तालिकामा खाता खोल्न सकेको छैन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १० : २३ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र