अफगानिस्तानमाथि इङ्ग्ल्याण्डको शानदार जित | Khabarhub Khabarhub

अफगानिस्तानमाथि इङ्ग्ल्याण्डको शानदार जित


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानलाई पराजित गरेको इङ्ग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा घरेलु टोली इङ्ल्याण्डले अफगास्तिानविरुद्व १ सय ५० रनको शानदार जित निकालेको हो ।

टस जितेर पहिलो याटिङ गरेको इङ्ग्ल्याण्डले दिएको ३ सय ९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि मशमतुल्ला शाहिदीले ७६ रन बनाए भने रहमत साह ४६, असगर अफघान ४४ रन र कप्तान गुलबदीन नायब ३७ रनमा आउट भए ।

अफगानिस्तानलाई दबाबमा राख्दै ईङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले समान ३–३ विकेट लिए भने मार्क उडले २ विकेट लिए ।
यसअघि म्यानचेस्टर ओल्ड ट्राफोर्डमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको ठूलो रन बनाएको थियो । जुन जारी विश्वकपको सबेभन्दा धेरै रन पनि हो ।

इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी समेत बनाए । उनले आक्रामक ब्याटिङ गर्दै ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले ।

जसमा उनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि तीन जनाको नाममा रहेको किर्तिमान पनि मोर्गनले तोडे । यसअघि १६ छक्का प्रहार गर्दै क्रिस गेल, ए बि डि भिलियर्स र रोहित शर्माको नाममा यो किर्तिमानी थियो ।

यस्तै, इङ्ग्ल्याण्डका लागि जोय रुटले ८८ रन बनाउँदा जानी बेरस्टो ९० रन जोडे । मोइन अली ३१ रनमा अविजित रहदा जेम्स भिन्सले २६ रन बनायो ।

अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले समान ३–३ विकेट लिए । विश्व चर्चित स्पिनर राशिद खानले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । उनले ९ ओभर बलिङ गर्दै विना विकेट ११० रन खर्चे ।

ईङ्ल्याण्डले ५ खेलबाट ४ मा जित र एकमा हार सहित ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ । तर, पराजित अफगानिस्तानले अंक तालिकामा खाता खोल्न सकेको छैन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १० : २३ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार