क्याटरीना कैफले सलमान खानसँग राखिन् यस्तो इच्छा « Khabarhub

क्याटरीना कैफले सलमान खानसँग राखिन् यस्तो इच्छा


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ फिल्म ‘भारत’ को सफलतापछि मख्ख छिन् । फिल्म सफल भएपछि हालै सलमान खान र क्याटरीना कैफले मिडियासँग आफ्नो खुशी साटेका छन् ।

यसै दौरान बोल्ड एण्ड ब्युटिफुल एक्टर क्याटरीनाले सलमान खानसँग एक इच्छा व्यक्त गरेकी छिन् । क्याटरीना चाहन्छिन् कि, ‘दबंग’ मा चुलबुल पाण्डेजस्तै एक महिला अफिसरमा पनि एक फिल्म बनाइयोस्, जसमा क्याटरीनाको मुख्य भूमिका होस् ।

कुराकानीका सिलसिलामा क्याटरीनाले भनिन्, ‘फिल्म ‘दबंग’ मा जसरी एक प्रहरी अफिसरलाई देखाइएको छ, उसरी नै महिला प्रहरी अफिसरलाई लिएर पनि कुनै एउटा फिल्म अनिवार्य रुपमा बनोस्, महिला प्रहरी अफिसरको भूमिकामा पनि जरुर फिल्म बन्न जरुरी छ ।’

यसमा सलमान खानले आफ्नो देशमा हिरोको कहानी चल्ने भएकाले यस्ता फिल्म बनाइएको र कुनै समय महिला प्रहरी अफिसरको भूमिकामा पनि फिल्म बन्ने धारणा राखे ।

पछिल्लो समय निर्देशन रोहित सेट्टीले शक्तिशाली प्रहरी अधिकारीलाई लिएर कैयन् प्रहरी सुपरहिरोका तस्वीर शेयर गरेका छन् । केही समयअघि रोहितले महिला प्रहरी हिरोका रुपमा लिएर फिल्म बनाउने योजना बनाएको समाचार पनि बाहिर आएको थियो ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १२ : १९ बजे

लुम्बिनीमा मुख्यमन्त्री आलोपालोको विवाद: नेतृत्व नपाए मन्त्री फिर्ता नबोलाउने कांग्रेसको निर्णय

बुटवल – लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर सत्तारूढ गठबन्धनभित्र

अमेरिकामा नेपालीबाटै अस्मिता लुटिएकी युवतीको बयान- ‘मैले नेपालीकै सहयोग पाइनँ’

काठमाडौँ – केही दिनअगाडि अमेरिकामा एक युवतीले आफूमाथि जबर्जस्ती करणी

विश्वकप हेर्न हिँडेका एन्फा पदाधिकारीलाई अध्यागमनले विमानस्थलबाट फर्काइदियो

काठमाडौं- अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकप फुटबल

पोल्ने मात्र होइन, रोगसँग लड्ने वनस्पति पनि हो सिस्नो

काठमाडौं– धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । 

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल