क्याटरीना कैफले सलमान खानसँग राखिन् यस्तो इच्छा | Khabarhub Khabarhub

क्याटरीना कैफले सलमान खानसँग राखिन् यस्तो इच्छा


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ फिल्म ‘भारत’ को सफलतापछि मख्ख छिन् । फिल्म सफल भएपछि हालै सलमान खान र क्याटरीना कैफले मिडियासँग आफ्नो खुशी साटेका छन् ।

यसै दौरान बोल्ड एण्ड ब्युटिफुल एक्टर क्याटरीनाले सलमान खानसँग एक इच्छा व्यक्त गरेकी छिन् । क्याटरीना चाहन्छिन् कि, ‘दबंग’ मा चुलबुल पाण्डेजस्तै एक महिला अफिसरमा पनि एक फिल्म बनाइयोस्, जसमा क्याटरीनाको मुख्य भूमिका होस् ।

कुराकानीका सिलसिलामा क्याटरीनाले भनिन्, ‘फिल्म ‘दबंग’ मा जसरी एक प्रहरी अफिसरलाई देखाइएको छ, उसरी नै महिला प्रहरी अफिसरलाई लिएर पनि कुनै एउटा फिल्म अनिवार्य रुपमा बनोस्, महिला प्रहरी अफिसरको भूमिकामा पनि जरुर फिल्म बन्न जरुरी छ ।’

यसमा सलमान खानले आफ्नो देशमा हिरोको कहानी चल्ने भएकाले यस्ता फिल्म बनाइएको र कुनै समय महिला प्रहरी अफिसरको भूमिकामा पनि फिल्म बन्ने धारणा राखे ।

पछिल्लो समय निर्देशन रोहित सेट्टीले शक्तिशाली प्रहरी अधिकारीलाई लिएर कैयन् प्रहरी सुपरहिरोका तस्वीर शेयर गरेका छन् । केही समयअघि रोहितले महिला प्रहरी हिरोका रुपमा लिएर फिल्म बनाउने योजना बनाएको समाचार पनि बाहिर आएको थियो ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १२ : १९ बजे

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

बागलुङ– बुकीपाटनको उत्तरपट्टि देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड

साताको कार्टुन : निजामती विधेयकमा ‘बाहेक’…

काठमाडौँ – राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि

हमास सकारात्मक भएपछि गाजामा युद्ध विरामको सम्भावना

गाजा – पहिलो दिन नै ८ बन्दी रिहा हुने प्रस्ताव

काभ्रेको नालास्थित पुल भाँचियो, यातायात अवरुद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या