अफ्रिका भर्सेस न्युजिल्याण्ड : सेमिफाइनल सम्भावना जीवित राख्ने योजनामा अफ्रिका « Khabarhub

अफ्रिका भर्सेस न्युजिल्याण्ड : सेमिफाइनल सम्भावना जीवित राख्ने योजनामा अफ्रिका


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको खेल हुँदैछ । बकिङ्गहमस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ ।

न्युजिल्याण्डविरुद्धको खेलमा अफ्रिकालाई सेमिफाइनल यात्राको सम्भावना जिवितै राख्न जित निकाल्नै पर्ने दबाब रहेको छ । अफ्रिकाले अहिलेम्मका ५ खेलबाट मात्रै ३ अंक जोड्न सकेको छ । आजको खेलमा हार व्येहोरे अफ्रिकाको प्लेअफ पुग्ने सम्भावना न्युन छ ।

यता न्युजिलन्ड भने ७ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । अहिलेसम्मका ४ खेलमा न्युजिल्याण्डले भारतसँगको एक खेलमात्रै हार व्यहोरेको छ ।

दक्षिण अफ्रिका जसरी भएपनि न्युजिल्याण्डलाई रोक्ने लक्ष्यसहित मैदान उत्रिने योजनामा रहेको कप्तान फाफ डु प्लिसिसले बताइसकेका छन् । सन्तुलित टोली भएपनि विश्वकपमा उल्लेख्य प्रदर्शन देखाउन नसकेको अफ्रिका न्युजिल्याण्डविरुद्धको खेलबाट लय समात्ने योजनामा छ ।

यस्तै, न्युजिल्याण्ड भने दबाबरहित अफ्रिकाविरुद्ध मैदान उत्रिदैछ । ७ अंक जोडेको न्युजिल्याण्ड कमजोर प्रदर्शन पस्कदै आएको अफ्रिकामाथि हावी हुने योजनामा रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १२ : ४० बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र