अफ्रिका भर्सेस न्युजिल्याण्ड : सेमिफाइनल सम्भावना जीवित राख्ने योजनामा अफ्रिका « Khabarhub

अफ्रिका भर्सेस न्युजिल्याण्ड : सेमिफाइनल सम्भावना जीवित राख्ने योजनामा अफ्रिका


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको खेल हुँदैछ । बकिङ्गहमस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ ।

न्युजिल्याण्डविरुद्धको खेलमा अफ्रिकालाई सेमिफाइनल यात्राको सम्भावना जिवितै राख्न जित निकाल्नै पर्ने दबाब रहेको छ । अफ्रिकाले अहिलेम्मका ५ खेलबाट मात्रै ३ अंक जोड्न सकेको छ । आजको खेलमा हार व्येहोरे अफ्रिकाको प्लेअफ पुग्ने सम्भावना न्युन छ ।

यता न्युजिलन्ड भने ७ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । अहिलेसम्मका ४ खेलमा न्युजिल्याण्डले भारतसँगको एक खेलमात्रै हार व्यहोरेको छ ।

दक्षिण अफ्रिका जसरी भएपनि न्युजिल्याण्डलाई रोक्ने लक्ष्यसहित मैदान उत्रिने योजनामा रहेको कप्तान फाफ डु प्लिसिसले बताइसकेका छन् । सन्तुलित टोली भएपनि विश्वकपमा उल्लेख्य प्रदर्शन देखाउन नसकेको अफ्रिका न्युजिल्याण्डविरुद्धको खेलबाट लय समात्ने योजनामा छ ।

यस्तै, न्युजिल्याण्ड भने दबाबरहित अफ्रिकाविरुद्ध मैदान उत्रिदैछ । ७ अंक जोडेको न्युजिल्याण्ड कमजोर प्रदर्शन पस्कदै आएको अफ्रिकामाथि हावी हुने योजनामा रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १२ : ४० बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले