जापानमा भूकम्प, १६ जना घाइते « Khabarhub

जापानमा भूकम्प, १६ जना घाइते


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् ।

जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी फिर्ता लिइएको थियो । जापानको राजधानी टोकियोबाट ३०० किलोमिटर उत्तरी निगातामा भूकम्पको केन्द्र रहेपनि भूकम्पको धक्का राजधानीमा पनि अनुभव गरिएको थियो ।

प्रधानमन्त्री शिन्जो आबेले भूकम्पबाट पीडितको उद्धार र राहतका लागि सरकार पूर्ण सतर्क अवस्थामा रहेको बताउँदै ठूलै क्षमताको परकम्प आउने सम्भावनातर्फ विशेष चनाखो रहन नागरिकहरु समक्ष आह्वान गरेका छन् ।  टेलिभिजन र अनलाइनहरुमा निगाता समेतका स्थानमा घरहरु बेस्सरी हल्लिएका र घरभित्रका सामान छताछुल्ल भएका दृश्यहरु राखिएका छन् । भूकम्प गएको केही समय विद्युत आपूर्ति समेत बन्द गरिएको थियो ।

गत जुन महिनामा ओशाका क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट पाँच जनाको ज्यान जानुका साथै ३५० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०११ मार्च ११ मा ९ म्याग्नीच्यूडको भूकम्पबाट सिर्जित सुनामीले प्रशान्त महासागरीय मुलुकहरुमा हजारौंको ज्यान गएको थियो ।

जापानको निगाता पनि भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त क्षेत्रमा पर्दछ। सन् २००४ मा ६.८ म्याग्नीच्यूडको भूकम्पबाट ६८ जनाको मृत्यु भएको थियो । जापान भूकम्पीय दृष्टिबाट अत्यन्त जोखिमयुक्त राष्ट्र हो ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ५ : ०१ बजे

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित