बंगलादेशमा मनाङको कमजोर प्रदर्शन, अबहानीसँग ५–० ले पराजित « Khabarhub

बंगलादेशमा मनाङको कमजोर प्रदर्शन, अबहानीसँग ५–० ले पराजित


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी कप फुटबल अन्तरगत अबहानी ढाकासँगको अवे खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले फराकिलो हार व्येहोरेको छ ।

बंगलादेश नेसनल स्टेडियममा भएको खेलमा मनाङ घरेलु टोलीसँग ५–० गोल अन्तरले पराजित भयो । समूह ‘ई’ मा रहेको पाहुना टोली मनाङविरुद्ध अबहानीका लागि नविव नेवाज जीवोनले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा कार्भेनेस बेलफोर्टले अबहानीका लागि दोस्रो गोल गर्दा मनाङ पहिलो हाफमा २–० ले पछि रह्यो ।

अबहानीविरुद्धको खेलमा मनाङ दोस्रो हाफमा पनि खेलमा फर्किन नसक्दा अबहानीले दोस्रो हाफमा पनि २ गोल गर्दै मनाङविरुद्ध ४–० गोलको जीत हात पार्यो ।

खेलको ६३ औं मिनेटमा जेवाल राना र ७५ औं मिनेटमा सन्डे चिजोवाले गोल गर्दा मनाङ ४–० ले पछि परेको थियो भने खेलको इन्जुरी समयमा मामुनुल इस्लामले गोल गर्दा मनाङ ५–० को फराकिलो अन्तरले पराजित भयो । यो सँगै मनाङको एफसी कपको समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : ३४ बजे

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित