बंगलादेशमा मनाङको कमजोर प्रदर्शन, अबहानीसँग ५–० ले पराजित « Khabarhub

बंगलादेशमा मनाङको कमजोर प्रदर्शन, अबहानीसँग ५–० ले पराजित


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी कप फुटबल अन्तरगत अबहानी ढाकासँगको अवे खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले फराकिलो हार व्येहोरेको छ ।

बंगलादेश नेसनल स्टेडियममा भएको खेलमा मनाङ घरेलु टोलीसँग ५–० गोल अन्तरले पराजित भयो । समूह ‘ई’ मा रहेको पाहुना टोली मनाङविरुद्ध अबहानीका लागि नविव नेवाज जीवोनले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलई अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्जुरी समयमा कार्भेनेस बेलफोर्टले अबहानीका लागि दोस्रो गोल गर्दा मनाङ पहिलो हाफमा २–० ले पछि रह्यो ।

अबहानीविरुद्धको खेलमा मनाङ दोस्रो हाफमा पनि खेलमा फर्किन नसक्दा अबहानीले दोस्रो हाफमा पनि २ गोल गर्दै मनाङविरुद्ध ४–० गोलको जीत हात पार्यो ।

खेलको ६३ औं मिनेटमा जेवाल राना र ७५ औं मिनेटमा सन्डे चिजोवाले गोल गर्दा मनाङ ४–० ले पछि परेको थियो भने खेलको इन्जुरी समयमा मामुनुल इस्लामले गोल गर्दा मनाङ ५–० को फराकिलो अन्तरले पराजित भयो । यो सँगै मनाङको एफसी कपको समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ७ : ३४ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक