ट्रम्पको चीन भ्रमण अन्योलमा « Khabarhub

ट्रम्पको चीन भ्रमण अन्योलमा


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ । बेइजिङले वासिङ्टनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समयतालिका सार्वजनिक गर्न भने मौनता अपनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा दुवै देशबीच ट्रम्पको सम्भावित भ्रमणबारे संवाद जारी रहेको बताए। यद्यपि उनले मिति वा औपचारिक तालिकाबारे कुनै स्पष्ट जानकारी दिन अस्वीकार गरे।

सुरुमा मार्च ३१ देखि तय गरिएको यो भ्रमण अमेरिका–चीनबीच बढ्दो रणनीतिक र व्यापारिक प्रतिस्पर्धाको सन्दर्भमा निकै महत्त्वपूर्ण मानिएको थियो । विशेषगरी ट्रम्प प्रशासनको आक्रामक भन्सार (ट्यारिफ) नीतिले दुई देशबीचको सम्बन्ध थप जटिल बनाएको छ ।

तर, मध्यपूर्वमा सुरु भएको युद्धले उक्त योजना अवरुद्ध भएको छ । ट्रम्पले मंगलबार आफ्नो चीन भ्रमण ‘पाँच वा छ हप्ता’ भित्र हुने संकेत गरेका थिए । यसअघि आइतबार उनले होर्मुज जलडमरूमध्य खुलाउन चीनले सहयोग गर्ने वा नगर्ने कुराले भ्रमणको मिति निर्धारणमा असर पार्न सक्ने बताएका थिए ।

तेहरानमा अमेरिकी–इजरायली आक्रमणपछि इरानले उक्त रणनीतिक जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गरेको छ । यसले विश्व ऊर्जा आपूर्ति र कूटनीतिक समीकरणलाई थप संवेदनशील बनाएको छ । ट्रम्पले त्यसको भोलिपल्ट भ्रमण ढिलाइ हुने सम्भावना स्वीकार्दै युद्धकै कारण आफूलाई अमेरिकामै रहनुपर्ने अवस्था रहेको स्पष्ट पारेका थिए।

चीनले भने आफ्नो परम्परागत अभ्यासअनुसार उच्चस्तरीय भ्रमणहरूको मिति अग्रिम रूपमा सार्वजनिक नगर्ने नीति कायम राख्दै यसबारे औपचारिक पुष्टि नगरेको जनाएको छ । समग्रमा, वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले अमेरिका–चीन सम्बन्धको उच्चस्तरीय संवादलाई समेत अनिश्चित बनाएको देखिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ३ : ५१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा