ट्रम्पको चीन भ्रमण अन्योलमा « Khabarhub

ट्रम्पको चीन भ्रमण अन्योलमा


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ । बेइजिङले वासिङ्टनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समयतालिका सार्वजनिक गर्न भने मौनता अपनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा दुवै देशबीच ट्रम्पको सम्भावित भ्रमणबारे संवाद जारी रहेको बताए। यद्यपि उनले मिति वा औपचारिक तालिकाबारे कुनै स्पष्ट जानकारी दिन अस्वीकार गरे।

सुरुमा मार्च ३१ देखि तय गरिएको यो भ्रमण अमेरिका–चीनबीच बढ्दो रणनीतिक र व्यापारिक प्रतिस्पर्धाको सन्दर्भमा निकै महत्त्वपूर्ण मानिएको थियो । विशेषगरी ट्रम्प प्रशासनको आक्रामक भन्सार (ट्यारिफ) नीतिले दुई देशबीचको सम्बन्ध थप जटिल बनाएको छ ।

तर, मध्यपूर्वमा सुरु भएको युद्धले उक्त योजना अवरुद्ध भएको छ । ट्रम्पले मंगलबार आफ्नो चीन भ्रमण ‘पाँच वा छ हप्ता’ भित्र हुने संकेत गरेका थिए । यसअघि आइतबार उनले होर्मुज जलडमरूमध्य खुलाउन चीनले सहयोग गर्ने वा नगर्ने कुराले भ्रमणको मिति निर्धारणमा असर पार्न सक्ने बताएका थिए ।

तेहरानमा अमेरिकी–इजरायली आक्रमणपछि इरानले उक्त रणनीतिक जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गरेको छ । यसले विश्व ऊर्जा आपूर्ति र कूटनीतिक समीकरणलाई थप संवेदनशील बनाएको छ । ट्रम्पले त्यसको भोलिपल्ट भ्रमण ढिलाइ हुने सम्भावना स्वीकार्दै युद्धकै कारण आफूलाई अमेरिकामै रहनुपर्ने अवस्था रहेको स्पष्ट पारेका थिए।

चीनले भने आफ्नो परम्परागत अभ्यासअनुसार उच्चस्तरीय भ्रमणहरूको मिति अग्रिम रूपमा सार्वजनिक नगर्ने नीति कायम राख्दै यसबारे औपचारिक पुष्टि नगरेको जनाएको छ । समग्रमा, वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले अमेरिका–चीन सम्बन्धको उच्चस्तरीय संवादलाई समेत अनिश्चित बनाएको देखिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ३ : ५१ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१