त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ « Khabarhub

त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका सहायक डिन घुससहित पक्राउ परेका छन् ।

विज्ञान संकायका सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेल ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

पटेलले निजी क्षेत्रबाट सञ्चालित कलेजको सम्बन्धन नविकरण गरिदिने प्रयोजनका लागि घुस लिएका जनाइएको छ ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पटेललाई ५० हजार घुससहित पक्राउ गरेको हो ।

पटेललाई किर्तीपुरको ट्याङ्लाफाँटस्थित स्टिकस फास्ट फूड एण्ड क्याफेबाट ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ८ : ११ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार