पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।

जवाफदेहीतासम्बन्धी त्यहाँको निकाय न्याशनल अकाउन्टेबिलिटी ब्युरोले यसअघि प्रमुख विपक्षी दल पीएमएल-एनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो।

उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो। अब्बासीले आफूले कुनै गल्ती नगरेको बताउने गरेको बीबीसीले जनाएको छ ।

अघिल्लो महिना पाकिस्तानका पूर्व राष्ट्रपति र पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारीलाई झुठ्ठा ब्याड्ड्क खाता सम्बन्धी आरोपलाई लिएर गिरफ्तार गरिएको थियो।

विपक्षीहरूले इमरान खान नेतृत्वको सरकारले भ्रष्टाचारको आरोपलाई देखाएर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल पठाइरहेको बताउने गरेका छन्।

ब्युरोको १२ सदस्यीय टोलीले अब्बासीलाई पक्राउ गरेको थियो। पाकिस्तानी समाचार च्यानल डन न्यूज टिभीका अनुसार पत्रकार सम्मेलन गर्न निक्लिएका बेला उनलाई गिरफ्तार गरिएको थियो। शुरूमा गिरफ्तारीको विरोध गरेपनि उनले पछि आफूलाई ब्युरोका अधिकारी समक्ष समर्पण गरेका थिए।

कानुनी प्रक्रिया अनुसार शुक्रवार उनलाई अदालतमा पेश गरिनेछ। अब्बासी सन् २०१७ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ३२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब