पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।

जवाफदेहीतासम्बन्धी त्यहाँको निकाय न्याशनल अकाउन्टेबिलिटी ब्युरोले यसअघि प्रमुख विपक्षी दल पीएमएल-एनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो।

उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो। अब्बासीले आफूले कुनै गल्ती नगरेको बताउने गरेको बीबीसीले जनाएको छ ।

अघिल्लो महिना पाकिस्तानका पूर्व राष्ट्रपति र पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारीलाई झुठ्ठा ब्याड्ड्क खाता सम्बन्धी आरोपलाई लिएर गिरफ्तार गरिएको थियो।

विपक्षीहरूले इमरान खान नेतृत्वको सरकारले भ्रष्टाचारको आरोपलाई देखाएर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल पठाइरहेको बताउने गरेका छन्।

ब्युरोको १२ सदस्यीय टोलीले अब्बासीलाई पक्राउ गरेको थियो। पाकिस्तानी समाचार च्यानल डन न्यूज टिभीका अनुसार पत्रकार सम्मेलन गर्न निक्लिएका बेला उनलाई गिरफ्तार गरिएको थियो। शुरूमा गिरफ्तारीको विरोध गरेपनि उनले पछि आफूलाई ब्युरोका अधिकारी समक्ष समर्पण गरेका थिए।

कानुनी प्रक्रिया अनुसार शुक्रवार उनलाई अदालतमा पेश गरिनेछ। अब्बासी सन् २०१७ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ३२ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको