धनगढी बम विस्फोट अपडेटः घाइते एक जनाको ज्यान गयो « Khabarhub

धनगढी बम विस्फोट अपडेटः घाइते एक जनाको ज्यान गयो


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा बम विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको छ ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको निलम होटलमा भएको विष्फोटमा घाइते भएका अन्य चार जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा लक्ष्मण सेरेला, मोविन खान, जितेन्द्र यादव र केशवराज पाण्डे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा डिएसपी दक्षकुमार बस्नेतले घटनाको लगत्तै प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताए ।

बम बिस्फोट कसले गरायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । घटनास्थलमा एक थान पेस्तोल समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच विप्लव समूहका कैलाली जिल्ला सेक्रेटरी ‘प्रकाश’ले एक विज्ञप्ती जारी गर्दै बम विष्फोटको घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ४९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन