मेरा लागि पहिलो चुनौती साग हो- सिलवाल « Khabarhub

मेरा लागि पहिलो चुनौती साग हो- सिलवाल


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो चुनौती भएको बताएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार सदस्य–सचिव सिलवालकै सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रम सदस्य–सचिव सिलवालले भने– ‘पहिलो चुनौती साग हो । त्यसमा पनि पूर्वाधार हो । निर्माण कार्यमा संलग्न प्रत्येकलाई मैले समयमा काम सम्पन्न गर्न लिखित प्रतिबद्धता पत्र मागेको छु । साग हुन्छ । गर्ने पर्छ ।’

सदस्य–सचिव सिलवालले अभिभावकलाई माग पत्र बुझाउने नभइ भेटेर कुरा गर्न सुझाए । ‘तपाईंहरुलाई केहि चाहियो भने बुवा/आमालाई पक्कै पनि माग पत्र दिनु हुन्न होला । कुरा गर्न हुन्छ होला । म पनि खेलकुदको अभिभावक हुँ । केहि समस्या छ भने भेट्न आउनुस, बसेर कुरा गरौला र हल निकालौं ला । माग पत्र दिइ रहनु पर्दैन,’ सदस्य–सचिव सिलवालले भने ।

कार्यक्रममा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, मानार्थ अध्यक्ष दीपक विष्टलगायतले सदस्य–सचिव सिलवाललाई पुष्पगुच्छा, माला र खादा प्रदान गरी स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।

सो अवसरमा खेलाडी संघका अध्यक्ष श्रेष्ठले सदस्य–सचिव सिलवाललाई सुझावसहितको १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

ध्यानाकर्षण पत्रमा बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई मात्र नगद पुरस्कार दिदै आएकोमा रजत र कांस्यलाई पनि नगद पुरस्कारको व्यवस्था गर्नु पर्ने, सागको तयारीलाई तीव्र गतिमा अगाडि बढाउनु पर्ने, सागको छनोटको आधार स्पष्ट हुनु पर्ने, पदक विजेता खेलाडीको वर्गिकरण गरी सामाजिक सुरक्षाको व्यवस्था गर्नु पर्ने, नयाँ पुस्ताका खेलाडीलाई आकर्षित गर्न सरकारले नीति ल्याउनु पर्ने, स्थानियदेखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीको पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गर्नुका साथै त्यसैका आधारमा सरकारले निश्चित सहुलियतका पहल गर्नु पर्ने र खेलाडीलाई पलायन हुनबाट जोगाउन नीतिगत पहल गर्नु पर्ने उल्लेख छ ।

त्यस्तै सागका स्वर्णधारी, एसियाडका पदकधारी र ओलम्पियनहरुलाई दिइदै आएको आजीवन भत्तालाई निरन्तरता दिदै सागका रजत र कांस्य विजेतालाई पनि भत्ताको व्यवस्था गर्नु पर्ने, देशका लागि योगदान पुर्‍याएका खेलाडीहरुको मापन गरी प्रतियोगिता पश्चात पनि खेलाडीको विमा गर्नु पर्ने, सागमा ३ वा सो भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कारबाट सम्मान गरिसकेकोमा ३ भन्दा कम स्वर्ण जित्ने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था हुनु पर्ने, राजनीतिक आस्थाका आधारमा खेलाडी माथि हुने विभेदको पूर्ण रुपमा अन्त्य हुनु पर्ने तथा राष्ट्रिय खेलाडी कल्याण कोषमा केहि वर्षदेखि रकम थप गर्ने कार्य रोकिएको हुँदा हरेक वर्ष २० लाखका दरले कोषमा रकम थप गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने भनिएको छ ।

अध्यक्ष श्रेष्ठ र मानार्थ अध्यक्ष विष्टले सदस्य–सचिव सिलवालको कार्यकाल सुनौलो हुने विश्वास व्यक्त गर्दै सदस्य–सचिव सिलवालको शैक्षिक संस्थाले खेलकुद र खेलाडीको विकासमा उल्लेखनिय कार्य गरेको बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ०३ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी