मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम « Khabarhub

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेची भन्सार कार्यालय झापाले गत आव २०७५/७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताए।

भन्सारले गत आवका लागि ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व सङ्कलन हुने लक्ष्य राखेको थियो । उक्त आवमा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार मात्र राजश्व असुली गर्न भन्सार सफल भएको अधिकृत अर्यालले बताए। यो रकम लक्ष्यको तुलनामा १५ प्रतिशत कम हो ।

भन्सारले गत अघिल्लो वर्ष २०७४/७५ को तुलनामा भने राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार अघिल्लो वर्षको लक्ष्य नौ अर्ब २० करोड ९१ लाख ४१ हजार रहेको थियो भने नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो ।

भन्सार अधिकृत अर्यालले गत वर्षको तुलनामा राजश्व वृद्धि भएको बताए । उनले भने, ‘पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, क्लिङ्कर, टायल्सलगायतका सामग्रीमा कमी हुँदा गत आर्थिक वर्षको राजश्व प्रभावित भएको हो ।’

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ३५ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी