नेपाल क्रिकेट संघको निलम्बन फुकुबारे आईसीसी मौन « Khabarhub

नेपाल क्रिकेट संघको निलम्बन फुकुबारे आईसीसी मौन


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि ३ वर्षदेखिको निलम्बन फुकुवा गर्ने सम्बन्धमा छलफल नै प्रारम्भ गरेको छैन ।  बिहीबार लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले अन्य विषयमा निर्णय गरे पनि क्यान निलम्बनबारे कुनै छलफल गरेन ।

आईसीसीले जिम्बाबे क्रिकेट संघलाई निलम्बन गर्ने निर्णय बिहीबारको बोर्ड बैठकले गरेको छ । जिमब्बाबे सरकारको हस्तक्षेप बताउँदै आईसीसीले तत्काल कार्यन्वयन हुने गरि त्यहाँको क्रिकेट संघलाई निलम्बन गरेको हो ।

यसअघि नेपाल क्रिकेट संघको निलम्बन फुकुवार जुलाइमा हुन सक्ने अनुमान लगाइएको थियो । जुलाइ बैठकबाट निलम्बन फुकुवा वा कुनै नयाँ प्रक्रियाबाट अगाडि बढ्ने गरी आईसीसीले नयाँ विकल्प दिन सक्ने आकलन क्रिकेट विश्लेषकले गरेका थिए । तर, त्यसो हुन सकेन । आईसीसीले अन्य धेरै विषयमा निर्णय गरे पनि नेपालबारे भने छलफल नै प्रारम्भ गरेको छैन ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाललाई २०७३ सालको वैशाखमा निलम्बन गरेको थियो । त्यसयता नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सफलता हात पारिरहँदा क्यानमाथिको निलम्बन भने हटेको छैन । अहिले आईसीसीले ५ सदस्यीय स्वतन्त्र कमिटी बनाएको छ । उक्त कमिटीले अहिले क्यानको जिल्ला निर्वाचन लगायतको काम गरिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ११ : ०६ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले