कालीमाटी तरकारी बजारमा अनुगमन– धेरै पैसा लिने १९ व्यापारीलाई कारवाही « Khabarhub

कालीमाटी तरकारी बजारमा अनुगमन– धेरै पैसा लिने १९ व्यापारीलाई कारवाही


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनपरी रुपमा तरकारी तथा फलफूलको मूल्य बढाएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई कारवाही गरेको छ ।

विभागले मनपरी मूल्य बढाउने बल्खु र कालीमाटीका १९ जना तरकारी तथा फलफूलका थोक व्यापारीलाई कारबाही गरेको हो ।

तरकारी र फलफूलको भाउ अत्याधिक रुपमा बढेको गुनासो आएपछि शुक्रबार विहान ३ बजेदेखि ८ बजेसम्म विभागले तरकारी बजारमा अनुगमन गरेको थियो ।

कालिमाटी र बल्खुको तरकारी बजारमा दुई टोली बनाएर गरिएको अनुगमनका क्रममा तरकारी बजार बल्खुका ११ र कालीमाटी तरकारी बजारका ८ व्यापारीमाथि कारवाहीसमेत गरिएको छ । कारवाहीमा परेका व्यापारिलाई ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।

उनीहरुलाई आवश्यक कागजातसहित सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको कालिमाटी फलफूल तथा तरकारी बजारका निर्देशक तेजेन्द्र पौडेलले बताए ।

कालीमाटीका लागि निरीक्षण टोलीको नेतृत्व गरेका दीपक पोखरेलले धेरै नाफा राखेर विक्रीवितरण गरेको र बिलजिकबिनै कारोबार गरेको पाइएको बताए ।

एक होलसेल व्यपारीले अर्कोलाई बेच्दा ५० रुपैयाँ सम्म नाफा राखेर बेचिएको पाइएको अनुगमन टोलीले फेला परेको थियो ।

बाढी, पहिरो, विषादी परीक्षण आदीको नाममा व्यापारीले अस्वभाविक रुपमा तरकारी तथा फलफूलको मूल्य तोक्दा उपभोक्ता मारमा परेको भन्दै गुनासो बढेपछि विभागले अनुगमन गरेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : ०७ बजे

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका