‘मारुनी’को गीत: पुष्पको प्रेममा साम्राज्ञी « Khabarhub

‘मारुनी’को गीत: पुष्पको प्रेममा साम्राज्ञी


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ १३ गतेबाट पद्रर्शनमा आउने फिल्म ‘मारुनी’ को गीत सार्वजनिक गरिएको छ । प्रचारमा सहयोग पुग्ने गरी ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा मेलिना राईको स्वर छ भने सुरेश वाग्लेका शब्द छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतको संयोजन बाबु प्रधानले गरेका हुन् ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्ममा पुष्प र साम्राज्ञीलाई शीर्ष भूमिकामा देख्न सकिनेछ भने रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, विनोद भट्टराई लगायतका कलाकारको समेत अभिनय छ ।

गोविन्द फुयाँल र नवल नेपालले लेखेको यो फिल्ममा नवल नेपालको निर्देशन छ । फिल्ममा मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन र पुनम गौतमको लगानी रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : ०९ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको