काठमाडौं, भक्तपुर र दोलखामा जुवातास खेलिरहेका २५ जना पक्राउ « Khabarhub

काठमाडौं, भक्तपुर र दोलखामा जुवातास खेलिरहेका २५ जना पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमाजुवातास खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, नागार्जुन नगरपालिका-८ जरंकु बस्ने कुमार श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं मनमैजु बस्ने नुवाकोट घर भएका २१ वर्षीय बिशाल मोक्तान सहित १० जनालाई नगद १९ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २९ वर्षीय सुमन खलावाला लगायत ६ जनालाई नगद ६७ हजार ८५ रुपैयाँ र ७ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दोलखा, बैतेश्वर गाउँपालिका-६ नाम्दु बस्ने ढाल बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ नाम्दु बस्ने ३० वर्षीय राजेन्द्र तामाङ लगायत ९ जनालाई नगद ४३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : १२ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको