काठमाडौं, भक्तपुर र दोलखामा जुवातास खेलिरहेका २५ जना पक्राउ | Khabarhub Khabarhub

काठमाडौं, भक्तपुर र दोलखामा जुवातास खेलिरहेका २५ जना पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमाजुवातास खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, नागार्जुन नगरपालिका-८ जरंकु बस्ने कुमार श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं मनमैजु बस्ने नुवाकोट घर भएका २१ वर्षीय बिशाल मोक्तान सहित १० जनालाई नगद १९ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २९ वर्षीय सुमन खलावाला लगायत ६ जनालाई नगद ६७ हजार ८५ रुपैयाँ र ७ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दोलखा, बैतेश्वर गाउँपालिका-६ नाम्दु बस्ने ढाल बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ नाम्दु बस्ने ३० वर्षीय राजेन्द्र तामाङ लगायत ९ जनालाई नगद ४३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : १२ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प