काठमाडौंमा चोरीका घटना बढ्यो– सुन पैसासहित रक्सीका बोतल पनि चोरी ! « Khabarhub

काठमाडौंमा चोरीका घटना बढ्यो– सुन पैसासहित रक्सीका बोतल पनि चोरी !


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा चोरीको घटना बढेको छ ।

बिहीवार नैकाप, कलंकी र घट्टेकुलोमा चोरीका घटना सार्वजनिक भएका छन् । चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने नकुल श्रेष्ठको घरबाट नगद तथा सुनचाँदीका गरगहना समेत गरी करिब १ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने नुवाकोट तारुका गाउँपालिका-७ घर भएकी मनिता भण्डारीको डेरा कोठाबाट नगद तथा सुनको बिभिन्न गरगहना समेत गरी करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।

यस्तै काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने मकवानपुर घर भएका ३८ वर्षीय बाबुराम उपाध्यायको किराना पसलबाट नगद २ लाख ५० हजार रुपैयाँ, ब्ल्याकलेवल रक्सी १२ थान, रेड लेवल रक्सी १२ थान र वाईन ८ थान समेत गरी करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : ३० बजे

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६