धार्मिक कारण थाहा पाउनुस्– साउनमा किन लगाउने हरियो ? « Khabarhub

धार्मिक कारण थाहा पाउनुस्– साउनमा किन लगाउने हरियो ?


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना शुरु भएसँगै युवती र महिलाहरु हरियो तथा पहेँलो चुरा र सारीमा सजिएका देखिन्छन् ।

आज भोलि हरियो सारी, चुरा पोते, पहेलो सारी चुरा पोते फेसन जस्तै बनेको छ । फेसनको रुपमा नै आएपनि यसको धार्मिक र वास्तुशास्त्रीय विशेषता र महत्व पनि रहेको छ ।

साउन महिनामा विशेषगरि भगवान शिवको पूजा अर्चना हुन्छ र भक्तालुहरुले शिव भगवानलाई खुसी पार्ने प्रयास गर्छन् ।

भगवानलाई खुसी पार्न किन हरियो नै लागनुपर्ने भन्ने प्रश्न जन्मिन सक्छ । यसका केही कारणहरु पाइन्छन् ।

साउन महिना प्राकृतिक रुपमा हरियालीको महिना पनि हो । चारैतिर हरियाली देखिन्छ जसका कारण भगवानका भक्तहरुले पनि आफूलाई त्यही रुपमा प्रस्तुत गर्ने गरेका छन् ।

साउनमा किन लगाउने हरियो ?

ज्योतिषीका अनुसार हरियो रंग सौभाग्यको रंग हो । साउन महिनाको प्राकृतिक हरियालीसँग आफूलाई एकाकार गर्ने महिना पनि हो ।

गवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको हुन्छ । हरियो रंग र प्रकृतिसँगको एकाकारले भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ । जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ । साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने धार्मिक विश्वास रहेको छ ।

श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् ।
जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।

हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ ।

उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी क्षेत्रमा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक पनि हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । यस्तै हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउन निकै प्रभावकारी हुन्छ । बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : ३६ बजे

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ

अमेरिकी डलर १५२ नाघ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख