धार्मिक कारण थाहा पाउनुस्– साउनमा किन लगाउने हरियो ? « Khabarhub

धार्मिक कारण थाहा पाउनुस्– साउनमा किन लगाउने हरियो ?


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना शुरु भएसँगै युवती र महिलाहरु हरियो तथा पहेँलो चुरा र सारीमा सजिएका देखिन्छन् ।

आज भोलि हरियो सारी, चुरा पोते, पहेलो सारी चुरा पोते फेसन जस्तै बनेको छ । फेसनको रुपमा नै आएपनि यसको धार्मिक र वास्तुशास्त्रीय विशेषता र महत्व पनि रहेको छ ।

साउन महिनामा विशेषगरि भगवान शिवको पूजा अर्चना हुन्छ र भक्तालुहरुले शिव भगवानलाई खुसी पार्ने प्रयास गर्छन् ।

भगवानलाई खुसी पार्न किन हरियो नै लागनुपर्ने भन्ने प्रश्न जन्मिन सक्छ । यसका केही कारणहरु पाइन्छन् ।

साउन महिना प्राकृतिक रुपमा हरियालीको महिना पनि हो । चारैतिर हरियाली देखिन्छ जसका कारण भगवानका भक्तहरुले पनि आफूलाई त्यही रुपमा प्रस्तुत गर्ने गरेका छन् ।

साउनमा किन लगाउने हरियो ?

ज्योतिषीका अनुसार हरियो रंग सौभाग्यको रंग हो । साउन महिनाको प्राकृतिक हरियालीसँग आफूलाई एकाकार गर्ने महिना पनि हो ।

गवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व रहेको हुन्छ । हरियो रंग र प्रकृतिसँगको एकाकारले भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।

शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइएको छ । जसकारणले गर्दा प्रकृतिको पूजा अर्चना गर्ने गरिएको छ । साउन महिनामा प्रकृतिको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धिहुने धार्मिक विश्वास रहेको छ ।

श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् ।
जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।

हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ ।

उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी क्षेत्रमा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक पनि हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । यस्तै हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउन निकै प्रभावकारी हुन्छ । बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : ३६ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले