साउनको शुरुआतसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र, बजार पूरै हरियाली ! « Khabarhub

साउनको शुरुआतसँगै हरियो चुरा र पोतेको बिक्री तीव्र, बजार पूरै हरियाली !


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ ।

साउनको आगमनसँगै विराटनगरको बजार होस् वा भित्री गल्लीका दोकानहरुमा यतिखेर महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पेलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ ।

विराटनगर गुद्रीमा रहेको रियाज स्टोरका व्यापारी रियाज हकले साउनमा आफ्नो व्यापार राम्रो हुने र सामान बिक्री गर्न भ्याइनभ्याइ रहेको बताउँछन् ।

यस्तै, न्यू दिदी शृङ्गाार पसलका व्यापारी विपीनसिंह भण्डारी यो महीनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने बताउँदै अहिलेको महिलाहरुलाई जडी चुरा, बुटेचुरा र साधा चुरा बढी मन पराउने र आफूले पनि त्यही सामान बिक्री गरिरहेको जानकारी दिए । साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको उनको भनाइ छ ।

पसलमा चुरा किन्न आउनुहुने विराटनगर निवासी सुजता खनालले आफ्ना साथीहरुले लगाएको देखेर र साउनमा चुरा र मेहन्दी लगाउन रहर लागेकाले आफू पनि चुरा लगाउन र मेहन्दी किन्न आएको बताइन् ।

यस्तै विराटनगर निवासी ५० वर्षीया सलिना कोइराला हिन्दू महिलाले साउन महीनालाई विशेष महीनाका रुपमा लिने गरेको र साउन महीनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो वस्त्र लगाई शिवजीको पूजा गर्ने सोमबारको व्रत बस्ने श्रीमानको लामो आयु तथा दीर्घायुको कामना गर्ने गरेको प्रतिक्रिया दिइन् ।

विराटनगर बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न चटारो छ । । विवाहित महिला होस् वा अविवाहित महिला कतिले रहरले लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर हरियो चुरा र मेहन्दी लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमान्को समृद्धि होस् भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन छ ।

साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ भने बजारमा यी सामानहरुको खरीद–बिक्री पनि बढेको पाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : ३८ बजे

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ