भिसीटिएस तत्काल खारेज नगरे ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी « Khabarhub

भिसीटिएस तत्काल खारेज नगरे ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि संचालनमा ल्याइएको सो प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो ।

ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिवानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान सो प्रणालीमा व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गर्नु परेको यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुर समितिका संयोजक गोकर्ण पराजुलीले जानकारी दिए ।

उनले आयात, निर्मात गर्ने उद्योगीहरुलाई नभई आफूहरुलाई मारमा पार्ने गरी ल्याइएको सो प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिए ।

समितिले सानो लगानीमा रहेका ढुवानीकर्ताहरुलाई उठनै नसक्ने प्रावधानसहित सरकारले सो प्रणालीमा संचालनमा ल्याएकोमा आक्रोश पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु