भिसीटिएस तत्काल खारेज नगरे ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी « Khabarhub

भिसीटिएस तत्काल खारेज नगरे ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि संचालनमा ल्याइएको सो प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो ।

ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिवानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान सो प्रणालीमा व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गर्नु परेको यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुर समितिका संयोजक गोकर्ण पराजुलीले जानकारी दिए ।

उनले आयात, निर्मात गर्ने उद्योगीहरुलाई नभई आफूहरुलाई मारमा पार्ने गरी ल्याइएको सो प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिए ।

समितिले सानो लगानीमा रहेका ढुवानीकर्ताहरुलाई उठनै नसक्ने प्रावधानसहित सरकारले सो प्रणालीमा संचालनमा ल्याएकोमा आक्रोश पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : ०० बजे

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक