नेकपा महासचिव पौडेल सिटिइभिटीको कामप्रति असन्तुष्ट | Khabarhub Khabarhub

नेकपा महासचिव पौडेल सिटिइभिटीको कामप्रति असन्तुष्ट


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिइभिटीको काम चित्तबुझ्दो नभएको महासचिव पौडेलको भनाइ छ ।

सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पौडेलले सिटिइभिटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

महासचिव पौडेलले जीवन उपयोगी शिक्षा र तालिम दिने उद्देश्यका साथ २०४५ सालमा स्थापना गरिएको सिटिइभिटीले मुलुकको राष्ट्रिय आवश्यकताअनुसारको जनशक्ति निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउन जरुरी रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ३ : ०६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा