सरकारले छिट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्ने | Khabarhub Khabarhub

सरकारले छिट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्ने


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि भन्दै सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्राधिकरण गठनको तयारी शुरु भइसकेको र छिट्टै गठन हुने बताए ।

प्राधिकरण गठनका लागि विधेयक तयार भएको र आगामी हप्ता सो विधेयक संसदमा पेश गरिने महासेठको भनाइ छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले यातायात व्यवसायीहरुकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि बताए ।

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागि परेको पनि बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ३ : २७ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं