११ महिनामा भित्रियो ८ अर्व रेमिट्यान्स « Khabarhub

११ महिनामा भित्रियो ८ अर्व रेमिट्यान्स


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष २०७५/७६ को एघार महिनाको अवधिमा आठ खर्ब बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा ८ खर्ब ९९ अर्ब २ करोड विप्रेषण भित्रिएको उल्लेख छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ १६.६ प्रतिशतले वृद्धि भई ९ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या सो अवधिमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.६ प्रतिशतले घटेको थियो ।

काठमाडौँ उपत्यकामा मूल्यवृद्धि

केन्द्रीय बैंकका अनुसार २०७६ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.१ प्रतिशत रहेको छ । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१, ६.४ र ४.२ र ४.९ प्रतिशत रहेको थियो ।

नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ र भारतको पाँच प्रतिशत रहेको थियो ।

व्यापार घाटा १२ खर्ब नाघ्यो

आव २०७५/७६ को ११ महिनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले बढेर रु १२ खर्ब ११ अर्ब ९७ करोड पुगेको छ । निर्यात आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट १५.१ प्रतिशत, चीनबाट ३०.७ र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पाटपूर्जा, तयारी पोशाक, विद्युतीय सामानलगायतको वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पाटपूर्जा, दुरसञ्चारका उपकरण, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमास, तेललगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाहा र नेपालगञ्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट निर्यात वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट आयात बढेको केन्द्रीय बैंकले जनाएको छ ।

शोधनान्तर घाटा ९० अर्बमाथि

केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तसम्म शोधनान्तरस्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तरस्थिति ४ अर्ब ३४ करोडले घाटामा थियो।

समीक्षा अवधिमा पूँजीगत ‘ट्रान्सफर’ रु १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ११ अर्ब ८१ करोड छ । अघिल्लो वर्षको पूँजीगत ‘ट्रान्सफर’ रु १५ अर्ब दुई करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १५ अर्ब ८८ करोड थियो ।

विदेशी सञ्चिति घट्यो

गत जेठ मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति १० खर्ब ३० अर्ब ८८ करोड छ । विसं २०७५ असार मसान्तमा त्यस्तो सञ्चिति रु ११ खर्ब दुई अर्ब ५९ करोड थियो । विसं २०७५ असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ८ करोड रहेकामा गत जेठ मसान्तमा ९ अर्ब २५ करोड छ ।

कूल विदेशी सञ्चितिमध्ये केन्द्रीय बैंकमा विसं २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत जेठ मसान्तमा रु आठ खर्ब ८५ अर्ब ८३ करोड छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : ०४ बजे

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा– रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा

सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा 

काठमाडौं– राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र