मनिषा कोइरालाबारे मुख खोलिन् ऐश्वर्याले, भन्छिन्- नयाँनयाँ पुरुष फेर्थिन् | Khabarhub Khabarhub

मनिषा कोइरालाबारे मुख खोलिन् ऐश्वर्याले, भन्छिन्- नयाँनयाँ पुरुष फेर्थिन्


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा चलेका कलाकारबीचको सम्बन्ध राम्रो नभएको विश्लेषण हुन्छ । नायकनायिका सबैमा यही कुरा लागू हुने मिडियाहरुले उल्ले गरेका छन् । नायिकाहरु मनिषा कोइराला र ऐश्वर्या रायबीच पनि यस्तै सम्बन्ध रहेको भारतीय मिडियाले लेखेका छन् ।

नायिका मनिषाबारे ऐश्वर्याले पनि खुलेरै टिप्पणी गरेको खबर अहिले एकाएक बाहिर आएको छ । बलिउडमा मनिषा कोइराला र ऐश्वर्या राय ९० को दशकका चर्चित नायिका हुन् ।

त्यो बेलाको विवादको पक्षमा भारतीय सञ्चार माध्यमले अहिले चर्चा परिचर्चा थालेका छन् । मिडियाका अनुसार राजीव मुलचंदानी मनिषासँग नजिक भएपछि यी दुई नायिकाबीच विवाद आएको थियो ।

ऐश्वर्याको राजीव मुलचंदानीसँग अफेयर रहेको बताइए पनि उनले स्वीकार भने कहिल्यै गरिनन् । सलमान खान र विवेक ओबरोयभन्दा पहिले उनको राजीव मुलचंदानीसँग अफेअर भएको भारतीय मिडियाले गसिप बनाएका छन् ।

सन् १९९९ मा ऐश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी छिन्ऽ ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ ।

भारतीय सञ्चार माध्यमले अहिले पनि मनिषा र ऐश्वर्याका विभिन्न पक्षका समाचार सार्वजनिक गरेका छन् ।

ऐश्वर्याले अगाडि भनिन् ‘समय बित्यो, म मिस वर्ल्डको तयारीमा लागें । मिस वर्ल्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म ‘बाम्बे’ हेरें।’

 मैले राजीवसँग भनें कि, मनिषाले ‘बाम्बे’मा राम्रो काम गरेकी छिन् . म उनलाई बधाईमा फूल पठाउन चाहन्थेँ ।

‘मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?,’ ऐश्वर्याले भनेकी छिन् । त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि, मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन् ।

चिठी राजीवकै ह्याण्डराइटिङमा थिए। त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन । अहिले पनि मनिषा र ऐश्वर्याबीचको सम्बन्ध दरारपूर्ण रहेको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १० : ०८ बजे

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने