मनिषा कोइरालाबारे मुख खोलिन् ऐश्वर्याले, भन्छिन्- नयाँनयाँ पुरुष फेर्थिन् « Khabarhub

मनिषा कोइरालाबारे मुख खोलिन् ऐश्वर्याले, भन्छिन्- नयाँनयाँ पुरुष फेर्थिन्


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा चलेका कलाकारबीचको सम्बन्ध राम्रो नभएको विश्लेषण हुन्छ । नायकनायिका सबैमा यही कुरा लागू हुने मिडियाहरुले उल्ले गरेका छन् । नायिकाहरु मनिषा कोइराला र ऐश्वर्या रायबीच पनि यस्तै सम्बन्ध रहेको भारतीय मिडियाले लेखेका छन् ।

नायिका मनिषाबारे ऐश्वर्याले पनि खुलेरै टिप्पणी गरेको खबर अहिले एकाएक बाहिर आएको छ । बलिउडमा मनिषा कोइराला र ऐश्वर्या राय ९० को दशकका चर्चित नायिका हुन् ।

त्यो बेलाको विवादको पक्षमा भारतीय सञ्चार माध्यमले अहिले चर्चा परिचर्चा थालेका छन् । मिडियाका अनुसार राजीव मुलचंदानी मनिषासँग नजिक भएपछि यी दुई नायिकाबीच विवाद आएको थियो ।

ऐश्वर्याको राजीव मुलचंदानीसँग अफेयर रहेको बताइए पनि उनले स्वीकार भने कहिल्यै गरिनन् । सलमान खान र विवेक ओबरोयभन्दा पहिले उनको राजीव मुलचंदानीसँग अफेअर भएको भारतीय मिडियाले गसिप बनाएका छन् ।

सन् १९९९ मा ऐश्वर्याले मनिषामाथि निकै गम्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी छिन्ऽ ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ ।

भारतीय सञ्चार माध्यमले अहिले पनि मनिषा र ऐश्वर्याका विभिन्न पक्षका समाचार सार्वजनिक गरेका छन् ।

ऐश्वर्याले अगाडि भनिन् ‘समय बित्यो, म मिस वर्ल्डको तयारीमा लागें । मिस वर्ल्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म ‘बाम्बे’ हेरें।’

 मैले राजीवसँग भनें कि, मनिषाले ‘बाम्बे’मा राम्रो काम गरेकी छिन् . म उनलाई बधाईमा फूल पठाउन चाहन्थेँ ।

‘मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?,’ ऐश्वर्याले भनेकी छिन् । त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि, मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन् ।

चिठी राजीवकै ह्याण्डराइटिङमा थिए। त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन । अहिले पनि मनिषा र ऐश्वर्याबीचको सम्बन्ध दरारपूर्ण रहेको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १० : ०८ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम