देउवाका ३ वर्ष : पार्टी संरचना अस्तव्यस्त « Khabarhub

देउवाका ३ वर्ष : पार्टी संरचना अस्तव्यस्त


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश सञ्चालनलाई प्रभावकारी रुपमा अघि बढाउन केन्द्रीकृत मानसिकता मुख्य बाधक रहेको खबर कान्तिपुर दैनिकले मुख्य बनाएको छ । उनीहरुले शून्यबाट सुरु भएको प्रदेशहरु १ वर्षमा चल्नसक्ने अवस्थामा पुग्नु उपलब्धी मानेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानबिन अघि बढाउने भएको छ । अख्तियारको प्रारम्भिक दृष्टिकोणमाथि राय दिँदै महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पदाधिकारीमाथि भ्रष्टाचार आरोपमा छानविन गर्न कुनै संवैधानिक र कानुनी अड्चन नहुने राय दिएको हो ।

त्यस्तै देउवाको ३ वर्ष सबै पार्टी संरचना अस्तव्यस्त शीर्षकको अर्को समाचारमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा पार्टी सञ्चालन गर्न नसकेको कांग्रेसकै नेताहरुको आरोप छ । कांग्रेस नेता रामशरण महतले देउवामा आफू बलियो बन्न कसरी गुटलाई सशक्त बनाउने भन्ने भावनाको मात्र विकास भएको बताएका छन् । उनले पार्टीलाई नयाँ कार्यशैलीका साथ अघि बढाउने प्रयत्नमा सभापति नलागेको आरोप लगाए ।

त्यस्तै अर्का नेता एनपी सावदले पनि पार्टी भित्र धेरै नेता पुरानै मानसिकतामा रहेका कारण कतिपय निर्णयमा ढिलाई हुने गरेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ६ : ३६ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार